राजर्षि जनक मा.वि. पिड़ारी जनकपुर धाम-१३ द्वारा विद्यार्थी भर्ना अभियान सुरु

1 वर्ष पहिले प्रकाशित

 

 राष्ट्रिय आवाज

जनकपुर धाम,वैशाख २९ गते, सोमबार 

 

"सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता" भन्ने मूल नाराका साथ आज जनकपुरधाम–१३ स्थित राजर्षि जनक माध्यमिक विद्यालय पिड़ारीले निःशुल्क विद्यार्थी भर्ना अभियान सुरु गरेको छ।

 

उक्त अभियान जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १३ का अध्यक्ष जीत बहादुर राउत, विद्यालयका प्रधानाध्यापक विनोद कुमार साह लगायत स्थानीय अगुवा, अभिभावक तथा शिक्षाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

कार्यक्रममा नगरप्रमुख साहले भने, "शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार हो। जनकपुरधाम उपमहानगरपालिका सबै बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने र गुणस्तरीय शिक्षा उपलब्ध गराउने अभियानमा पूर्ण रूपमा प्रतिबद्ध छ। यस्तो अभियानले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउनेछ।"

 

उक्त अभियानमार्फत बालबालिकाहरूको विद्यालय सहभागिता बढाउने र सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको विद्यालय प्रशासनले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..