जानकी मन्दिरमा १५० थान भगवा झण्डा फहराइयो

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, २०८२ वैशाख २८ गते

 

नेपाल गौ सेवा दलको आयोजनामा जनकपुरधाम स्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरमा १५० थान भगवा झण्डा फहराइएको छ। कार्यक्रम दलका अध्यक्ष राज कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

 

धार्मिक र सांस्कृतिक चेतनाको प्रवर्धन गर्दै जानकी नवमीको अवसरमा हिन्दू परम्पराको महत्व उजागर गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा संगठनका पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

 

कार्यक्रममा अध्यक्ष राज कुमार चौधरी, महासचिव राहुल महतो, महिला उपाध्यक्ष सरिता राउत, सदस्यहरू तेज नारायण ठाकुर, गणेश साह, देव सुन्दर यादव, आशिष गुप्ता, सन्तोष साह, तथा बाल अभियन्ता आनन्द ठाकुरको सक्रिय भूमिका रहेको थियो।

 

भगवा झण्डा फहराउँदै जनकपुरको धार्मिक गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने आशयसहित सम्पन्न उक्त कार्यक्रमले स्थानीय तथा बाह्य भक्तजनमा उत्साह थपेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..