धनुष सागर पोखरी सरसफाई कार्यक्रम सम्पन

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, वैशाख २७ गते (शनिबार):

प्रगतिशील समाज नेपाल धनुषाको आयोजनामा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री धनुष सागर पोखरीको सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत श्रीराम मन्दिर अगाडि अवस्थित धनुष सागरमा बिहान ७:०० बजेबाट सुरु भएको थियो। अभियन्ता जय नाथ अधिकारीको अगुवाईमा सम्पन्न उक्त सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषा, सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हे.क्वा, आध्यात्मिक सन्त आलोक बाबा, स्थानीय युवा तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमको उद्देश्य पोखरीको सहर भनेर चिनिने प्रदेशका राजधानी जनकपुर धाम धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण गर्दै वातावरणीय चेतना फैलाउने रहेको आयोजकले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..