तेश्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरू, भारतका चार टोलीसहित १२ टिमको सहभागिता

1 वर्ष पहिले प्रकाशित

सुरेन्द्र रविदास 

जनकपुरधाम, वैशाख २५ — जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा तेश्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुक्रबार (वैशाख २६ गते) बिहान ९ बजे बाट सुरू हुने भएको छ। प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

 

पत्रकार सम्मेलनमा जिल्ला क्रिकेट संघ धनुषाका सचिव आशिष झाले यसपटकको संस्करणमा कुल १२ टोली सहभागी हुने जानकारी दिए। तीमध्ये मधेश प्रदेशका आठ जिल्लाबाट टोलीहरू रहनेछन् भने भारतबाट चार टोलीले पनि सहभागिता जनाउनेछन्।

 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, जिल्ला क्रिकेट संघका सदस्य सरोज मिश्र, प्रशिक्षक नवीन सिंह र लाला गुनवन्त सिंह पनि कार्यक्रममा सहभागी थिए। उनीहरूले प्रतियोगिता क्षेत्रीय खेल विकासको महत्वपूर्ण अवसर भएको उल्लेख गरे।

 

उद्घाटन खेल शुक्रबार बिहान ९:०० बजे धनुषा र महोत्तरी बीच हुने छ। दोस्रो खेल दिउँसो १:३० बजे सर्लाही र सप्तरीबीच हुनेछ।

 

तेश्रो संस्करणको मेयर कप प्रतियोगिता खेलाडीहरूको प्रतिभा प्रदर्शनको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ, जसले क्षेत्रीयस्तरमा क्रिकेटको विकास र युवा खेलाडीहरूलाई हौसला प्रदान गर्ने विश्वास आयोजकले लिएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..