जनकपुरमै जटिल स्पाइनल शल्यक्रिया सफल सुनियोजित समन्वय र विश्वासले सम्भव भयो सफल उपचार

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम वैशाख २३ गते

 

धनुषाको जनकनन्दनी गाउँपालिका–२ बल्हाकी १७ वर्षीया किशोरी गम्भीर घाइते भएपछि जनकपुरधाममै सफल स्पाइनल शल्यक्रिया गरिएको छ। छतको रेलिङबाट चिप्लिएर भुइँमा लडेकी ती किशोरीको मेरुदण्ड (स्पाइनल) को एल–२ भाँचिएपछि आपतकालीन शल्यक्रिया आवश्यक भएको चिकित्सकहरूले बताएका थिए।

 

अधिकांश जटिल घटनामा जनकपुरबाट विराटनगर, धरान वा काठमाडौं रेफर गरिने भए पनि पीडितका पिता साहवुदिन शेखले छोरीको उपचार जनकपुरमै गराउने निर्णय गरे। ‘यदि विशेषज्ञ ल्याउनुपर्छ भने ल्याइन्छ, तर उपचार यहीँ हुन्छ,’ शेखको भनाइ थियो।

 

प्रदेश अस्पताल जनकपुरको समन्वयमा काठमाण्डौंस्थित राष्ट्रिय ट्रमा सेन्टरबाट आएका डा. प्रणव रेग्मीको नेतृत्वमा ९ सदस्यीय चिकित्सक टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो। टोलीमा जनकपुरकै न्युरो सर्जन डा. प्रधुम्न कुमार यादव पनि सहभागी थिए।

 

शल्यक्रिया सफल भएपछि पिता शेखले जनकपुरमै उपचार सम्भव हुनेमा विश्वास जागेको बताए। ‘काठमाडौं गएका भए सात–आठ लाख लाग्थ्यो, यहाँ डेढ लाखमै उपचार भयो,’ उनले भने। अस्पतालको मोडलर अपरेशन थिएटरकी इन्चार्ज रिता यादवका अनुसार करिब तीन घण्टाको शल्यक्रिया सहज ढंगले सम्पन्न भएको थियो।

 

जनकपुरधाममा यस्तो खालको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनु स्वयं प्रदेशकै स्वास्थ्य प्रणालीमा ठूलो उपलब्धि भएको अस्पतालका निर्देशक डा. जामुन सिंहले बताए।

 

यस घटनाले जनकपुरधाममै पनि जटिल आपतकालीन उपचार सम्भव हुने सन्देश दिएको चिकित्सकहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..