दाइजोको नाममा मृत्युदण्ड: जनकपुरमा गर्भवती युवतीको रहस्यमय झुण्डिएको शव

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

 जनकपुरधाम, वैशाख २२

दाइजोमा मागिएको मोटरसाइकल समयमा नदिएको भन्दै जनकपुरमा एक करिब १८ वर्षीया गर्भवती युवतीको हत्या गरिएको आरोप मृतकका परिवारले लगाएका छन्।

 

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीकी ज्योती साहको सात महिना अघि जनकपुरधाम–१३ का किसान साहसँग विवाह भएको थियो। विवाहका बेला ससुरा पक्षले मोटरसाइकल लिने सर्तमा सहमति जनाएका थिए। तर, समयमा नपाएको भन्दै बारम्बार कुटपिट हुन्थ्यो भन्ने माइती पक्षको भनाइ छ।

 

अस्ति माइतीबाट फर्किएकी ज्योती आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। जनकपुरको प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको थियो। परिवारजनका अनुसार, उनको टाउकोमा गम्भीर चोट, हात भाँचिएको र शरीरमा नीलडाम देखिएको छ। उनी तीन महिनाकी गर्भवती थिइन्।

 

धनुषा प्रहरीका अनुसार, पति किसान साहलाई नियन्त्रणमा लिइएको छ। पोष्टमार्टम रिपोर्ट पछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यो घटनाले फेरि एक पटक समाजमा गढिएको दाइजो प्रथाले निर्दोष महिलाको ज्यान कसरी लिइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..