डिजिटल नेपाल निर्माणका लागि समुहगत प्रयास आवश्यक : क्यान अध्यक्ष साह

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १९ – ‘सूचना प्रविधिको अभियान : डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ धनुषाको जनकपुरधाममा सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ मनाइएको छ।

 

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) धनुषा शाखाको आयोजनामा शुक्रबार बिहान जनक चोकदेखि रेलवे स्टेशनसम्म प्रभातफेरी गरिएको हो। कार्यक्रमको समापन जनकपुर रेलवे स्टेशन प्राङ्गणमा गरिएको थियो।

 

समापन कार्यक्रममा बोल्दै क्यान धनुषाका अध्यक्ष विनय साहले वर्तमान युग कम्प्युटर र प्रविधिको भएको उल्लेख गर्दै प्रगतिको लागि कम्प्युटर ज्ञान अपरिहार्य रहेको बताए। “डिजिटल नेपालको सपना साकार पार्न सामूहिक सोच र प्रयासको खाँचो छ,” उनले भने।

 

प्रभातफेरी कार्यक्रममा क्यान धनुषाका संस्थापक अध्यक्ष तथा पत्रकार प्रवीण साह, सचिव विमलेश झा, कम्प्युटर शिक्षक प्रमोद पण्डित, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..