जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा अक्षय तृतीया अवसरमा सर्वत वितरण

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख १७ – अक्षय तृतीया पर्वको पावन अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण, हैडक्वाटर धनुषाले जनकपुरधामको जनकचोकमा सर्वत र सतुवा वितरण कार्यक्रम आयोजना गरेको छ।

 

जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलिया गणद्वारा आयोजित कार्यक्रममा ‘अक्षय तृतीया–२०८२ को अवसरमा भगवान शिव र पार्वतीको वैवाहिक जीवन प्रवेशको शुभ सम्झनामा सर्वसाधारणलाई शीतल पेय (सर्वत) वितरण गरिएको हो।

 

सुरक्षा व्यवस्थासँगै समाजसेवामा पनि सक्रियता देखाएको सशस्त्र प्रहरीले “समाजका लागि केही फरक, सकारात्मक गरौं” भन्ने भावनाका साथ सेवा प्रदान गरेको हो। जनकचोक क्षेत्रमा आयोजित कार्यक्रममा सयौं स्थानीय र दर्शनार्थीहरुले शीतल पेयको सेवा लिएका थिए।

 

कार्यक्रम सफल बनाउन खटिएका सशस्त्र प्रहरीका जवानहरुको सक्रियता उल्लेखनीय थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..