राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको मधेश प्रदेश शाखा कार्यालय जनकपुरधाममा उद्घाटन

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता , राष्ट्रिय आवाज 

जनकपुरधाम, बैशाख १२ गते 

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको मधेश प्रदेश, जनकपुरधाम, भानु चोकमा अवस्थित प्रादेशिक शाखा कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका माननीय मुख्य मन्त्री सतिस कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 

कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डाक्टर विनोद कुमार यादव, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, समाज विकास तथा वातावरण सुधार नेपालका अध्यक्ष प्रा.डा. मनोज हुमागाई, कम्पनीका सञ्चालक सुदिप सापकोटा, तथा मधेश प्रदेश प्रमुख रविन्द्र पजियार अतिथिको रूपमा उपस्थित रहेका थिए।

 

उद्घाटन समारोहको अवसरमा कम्पनीले समाज विकास तथा वातावरण सुधार नेपालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो, जसमा सैकडौ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।

 

मुख्य मन्त्री सिंहले कार्यक्रममा बोल्दै मधेश लगायत समग्र देशको कृषि अवस्था सुधार तथा किसानहरूको जीवनस्तर उकास्न निजी क्षेत्रसँगै सरकारी निकायहरूले पनि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कृषि क्षेत्रमा आधुनिकीकरण र किसान सशक्तिकरणका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सिंहले कृषिमा नेपाल सरकारले सहयोग अनुदान न गरेको होइन उचित किसान कहाँ सहयोग न पुगेकै हो भन्दै मधेश प्रदेश माछामा आत्मनिर्भर भएको बताउँदै खुसी व्यक गरेका थिए।

 

कम्पनीका अध्यक्ष हुमागाईले हाल देशमा व्याप्त बिचौलियाहरूका कारण किसानले उत्पादनको उचित मूल्य नपाएको र उपभोक्ताले उपभोग्य वस्तुको चर्को मूल्य तिर्नुपरेको अवस्थालाई सम्बोधन गर्न कम्पनीले किसान र उपभोक्तालाई जोड्ने पुलको रूपमा कार्य गरिरहेको जानकारी दिनुभयो। उहाँले कम्पनीलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी, शुभचिन्तकहरू र जनकपुर उद्योग वाणिज्य संघलाई धन्यवाद ज्ञापन गर्नुभयो।

 

कार्यक्रमका सचिव विष्णु बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए, जसमा कृषि जागरण सम्बन्धी नाटक समेत समावेश थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..