गंगासागरमा जुडशितल पर्व भव्यताका साथ मनाइयो

1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, बैसाख २ गते 

मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित पवित्र गंगासागर सरोवरमा आज मंगल बार बिहान जुडशितल पर्व भव्यताका साथ मनाइएको छ।

सेभ हिस्टोरिकल जनकपुरधाम संस्थाद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता राजकुमार महासेठले जुडशितल पर्व सामाजिक संस्कार, संस्कृति र जलवायु सन्तुलन कायम राख्न पूर्वजले सुरु गरेको बताए।

प्रदेश सांसद तथा महागंगा आरतीका परिकल्पनाकार राम आशिष यादवले पर्वले माटो, हावा, पानी, जीवजन्तु र वनस्पतिको संरक्षणको सन्देश दिने बताए।

कार्यक्रममा कोषाध्यक्ष तथा युवा समाजसेवी रविकुमार गोयन्का लगायत वक्ताहरूले पर्वको सांस्कृतिक र पर्यावरणीय महत्वमाथि प्रकाश पारे।

जुडशितलको अवसरमा जेष्ठ नागरिकले एकअर्कालाई टाउकोमा पानी छर्केर आशिष दिने परम्परा पनि निर्वाह गरिएको थियो।

सेभ हिस्टोरिकल जनकपुरधामले गंगासागर महागंगा आरती घाटमा विगत ११ वर्षदेखि निरन्तर यो पर्व मनाउँदै आएको छ।

जलाशय संरक्षण, जल प्रदूषण नियन्त्रण, वृक्षारोपण र जेष्ठ नागरिक सम्मान जस्ता महत्वपूर्ण पक्ष समेटिने यस पर्वको संरक्षण आवश्यक रहेकोमा सबैले जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..