वर्षाले गहुँबालीमा क्षति हुँदा धनुषाका किसान चिन्तित

1 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम, वैशाख १

धनुषा जिल्लामा भएको बेमौसमी वर्षा र हुरीका कारण पाकेको गहुँबालीमा व्यापक क्षति पुगेको छ। गहुँ काटेर सुकाउने तयारीमा रहेका किसानहरू अहिले बाली खेतमै भिजेपछि चिन्तित छन्।

 

किसानहरूले भित्र्याउने तयारीमा राखेको गहुँ वर्षाले भिजाएपछि खाद्य सुरक्षामाथि नै खतरा देखिएको छ। ‘गहुँ राम्रो फलेको थियो,’ धनुषाको एक किसान इन्द्र देव यादवले भने, ‘तर भित्र्याउने बेला परेको पानी र हुरीले नोक्सान गर्‍यो।’

 

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवका अनुसार, असिनासहितको वर्षाले खासगरी काटिसकेको गहुँबालीमा क्षति पुर्‍याएको छ। "अन्य बालीमा खासै असर नपरे पनि गहुँबालीमा ठूलो क्षति पुगेको छ," उनले भने, "के कति क्षति भएको हो भन्ने विवरण संकलन भइरहेको छ।"

 

स्थानीय तह र कृषि शाखालाई बालीको क्षतिको विवरण संकलन गरी कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जनाइएको छ। पाकेको मसुरो र अरहर खेतीमा समेत क्षति पुगेको किसानहरूको भनाइ छ।

 

बेमौसमी मौसमले गर्दा कृषकहरूको वर्षभरको मेहनत जोखिममा परेको छ। कृषि विज्ञहरूले यस्ता प्राकृतिक विपत्तिको दीर्घकालीन समाधानका लागि पूर्वतयारी आवश्यक रहेको औंल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..