वीरगंज शोभा यात्रामाथिको आक्रमणविरुद्ध जनकपुरमा विरोध प्रदर्शन, गृहमन्त्रीको पुतला दहन

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम, चैत्र ३१ गते— वीरगंजमा हनुमान जन्मोत्सवका अवसरमा आयोजित शोभा यात्रामाथि भएको ढुंगामुढा घटनाको विरोधमा आज जनकपुरधाममा राष्ट्रिय एकता अभियानले प्रदर्शन गर्दै गृहमन्त्रीको पुतला दहन गरेका छन्।

 

प्रदर्शनमा सहभागीहरूले गृह मन्त्रालयको निष्क्रियताप्रति आक्रोश व्यक्त गर्दै दोषीहरूलाई अविलम्ब पक्राउ गरी कडा कानूनी कारबाही गर्न माग गरे। उनीहरूले "सर्वपक्षीय बैठकको नाटक बन्द गर", "जिहादी आतंकवाद मुर्दावाद", "दोषीलाई तत्काल गिरफ्तार गर" जस्ता नारा लगाएका थिए।

 

अभियानका प्रतिनिधिहरूले घटनालाई धार्मिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै चेतावनी दिए कि यदि दोषीहरूलाई शीघ्र कारबाही नगरिए कडा आन्दोलन छेडिनेछ। “यो कुनै सामान्य घटना होइन। धार्मिक सहिष्णुता र स्वतन्त्रतामाथि हमला भएको छ,” उनीहरूले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..