डिक्का महासङ्घको दोस्रो महाधिवेशन सम्पन्न, सभामुख मण्डलले शिक्षा र नेतृत्व विकासमा जोड

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत २९ — मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले डिक्का समुदायलाई शिक्षाको मूल धारमा जोड्ने खाँचो औँल्याएका छन्। आज शनिबार जनकपुरस्थित श्री गोपाल धर्मशालामा सम्पन्न डिक्का महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले समुदायको दीर्घकालीन उत्थानका लागि शिक्षालाई पहिलो प्राथमिकता बनाउनुपर्ने धारणा राखे।

 

‘शिक्षा बिना समावेशी विकास सम्भव छैन,’ सभामुख मण्डलले भने, ‘सशक्त नेतृत्व र सामाजिक चेतनाको विकास शिक्षाबाटै सुरु हुन्छ।’

 

डिक्का महासङ्घमा धानुक, केबट, कुर्मी र अमात्य जातिहरूको प्रतिनिधित्व छ। यी समुदायहरू परम्परागत रूपमा कृषि र श्रममा आधारित जीवनशैलीमा बाँधिएका छन्। पछिल्ला वर्षहरूमा शिक्षाको पहुँच र सामाजिक गतिशीलता सीमित रहँदा उनीहरू मुख्यधारा बाट पछि परिरहेका छन्।

 

महासङ्घको नेतृत्वमा रहेको टोलीले सामाजिक पहिचान, सांस्कृतिक संरक्षण तथा राजनीतिक सहभागिता वृद्धिको लक्ष्य लिएको बताइएको छ। ‘हामी केवल जातीय पहिचानको विषय उठाउँदैनौं, हाम्रो अभियान सामाजिक रुपान्तरणतर्फ केन्द्रित छ,’ महासङ्घ अध्यक्ष अनिल सदाले भने।

 

महाधिवेशनले डिक्का समुदायका युवाहरूलाई नेतृत्व विकास, रोजगारी तथा सामाजिक अधिकारको सवालमा केन्द्रित कार्यक्रम ल्याउने योजना बनाएको छ। सहभागीहरूले यसलाई आत्मविश्वास जगाउने अवसरका रूपमा लिएको बताएका छन्।

 

कार्यक्रममा पूर्वमन्त्री शिवकुमार मण्डल, पूर्वराज्यमन्त्री सुरेश मण्डल , धनुषा हँसपुर नगरपालिका का नी . वर्तमान मेयर ज्ञान कुमार मण्डल लगायत मधेसका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले सामाजिक न्याय र समान अवसरका विषयमा आफ्ना धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..