महावीरका उपदेश आजका लागि सान्दर्भिक : मुख्यमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

वीरगन्ज, पर्सा, चैत्र २९ गते— मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैन धर्म प्रवर्तक भगवान् महावीरका उपदेश आजको समाजका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

 

शुक्रवार वीरगन्जमा जैन श्वेताम्बर तेरापन्थी सभाले आयोजना गरेको महावीर जन्मजयन्ती कार्यक्रममा मुख्यमन्त्री सिंहले अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्न महावीरको जीवनी प्रेरणादायी रहेको बताए।

 

“आजको भागदौड र प्रतिस्पर्धात्मक जीवनशैलीमा महावीरका शिक्षाहरू व्यवहारिक मार्गदर्शन बन्न सक्छन्,” उनले भने, “जैन संस्कृति र सभ्यता नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक भइसकेको छ।”

 

मुख्यमन्त्री सिंहले अहिंसा र मानवतावाद लाई अहिलेको आवश्यकता रहेको धारणा समेत राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..