जनकपुरधाममा ‘प्लास्टिक मुक्त भोलि’ अभियान सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

ओम प्रकाश साह 

जनकपुरधाम, चैत २९ — ‘प्लास्टिक मुक्त भोलि’ अभियान अन्तर्गत जनकपुरधाममा वडा संवाद तथा समापन समारोह सम्पन्न भएको छ। कार्यक्रम जनकपुर जेसिजको सभाहलमा आयोजना गरिएको थियो।

 

अभियानका संयोजक विकास साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले प्लास्टिक प्रयोग घटाउन र वातावरणमैत्री समाज निर्माण गर्न सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। प्लास्टिक प्रदूषणले स्वास्थ्य र वातावरणमा गम्भीर असर पारिरहेकाले जनचेतनामार्फत व्यवहारिक परिवर्तन ल्याउन अभियान सञ्चालन गरिएको जानकारी दिइयो।

 

समापन समारोहमा सहभागीहरू मार्फत प्लास्टिक मुक्त समाज निर्माणमा निरन्तर सहयोग र सक्रियता जारी राख्न आह्वान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..