स्वास्थ्यकर्मी सँगको वार्ता नौटंकी : संयोजक यादवको आरोप

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम , चैत्र २८ गते– मधेश प्रदेश सरकारले ल्याएको ‘स्वास्थ्य सेवा ऐन, २०८१’ को विरोधमा स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना बिहीबार चौथो दिनमा प्रवेश गरेको छ। चार दिनदेखि जारी धर्नाका बीच प्रदेश सरकार र आन्दोलनकारीबीच वार्ता भए पनि निष्कर्षविहीन रहँदा स्वास्थ्यकर्मीहरू झन आक्रोशित बनेका छन्।

 

सि.अ.हे.ब.–सि.अ.न.मी. चौथो/पाँचौ तह संघर्ष समितिका संयोजक संजीव कुमार यादवले सरकारसँगको वार्तालाई ‘नौटंकी’ भन्दै टिप्पणी गरेका छन्। उनले राष्ट्रिय आवाज सँग कुरा गर्दै भने, “अन्य ६ वटा प्रदेशमा लागू भएको नियम मधेश प्रदेशमा किन लागू हुँदैन? यो सरासर विभेद हो।” उनले स्वास्थ्यकर्मीहरूको आन्दोलन अब सशक्त र चरणबद्ध हुने चेतावनीसमेत दिए।

 

नयाँ ऐनले आफ्नो वृत्ति विकासमा अवरोध पुग्ने भन्दै स्वास्थ्यकर्मीहरू ऐन तत्काल संशोधन गर्नुपर्ने माग गर्दै आएका छन्। तर, उनीहरूको भनाइमा प्रदेश सरकार कानमा तेल हालेर बसेको छ।

 

मुख्यमन्त्री सतिश कुमार सिंहले भने आन्दोलनलाई ‘राजनीतिक उद्देश्य’ राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, “दैनिक आन्दोलन र ज्ञापनपत्र आइरहेका छन्। यसरी आन्दोलन गर्नु राजनीति हो। म समाधानको प्रयास गरिरहेको छु, तर समय लाग्न सक्छ।”

 

जनकपुरधाम सहित प्रदेशका अन्य जिल्लामा पनि आन्दोलन तिव्र बन्दै गएको छ। आन्दोलन चर्किँदै गएसँगै सरकारमाथि दबाब बढेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..