जनकपुरधाममा पर्यटन प्रवर्द्धन सम्बन्धी बैठक सम्पन्न

1 वर्ष पहिले प्रकाशित

ओम प्रकाश साह

जनकपुरधाम, चैत २८ – जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको अध्यक्षतामा बिहीबार पर्यटन प्रवर्द्धन सम्बन्धी बैठक सम्पन्न भएको छ।

 

उक्त बैठकमा होटल व्यवसायी, टुर गाइड, टुर एन्ड ट्राभल्स व्यवसायीहरू लगायत सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा जनकपुरधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउन आवश्यक रणनीतिबारे गहिरो छलफल गरिएको थियो।

 

नगर प्रमुख साहले जनकपुरधामको पर्यटन विकासका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा एकीकृत योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

 

उनले धार्मिक पर्यटनको सम्भावनालाई भरपूर उपयोग गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने खालको पूर्वाधार र सेवा सुविधा विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

 

बैठकमा सहभागी व्यवसायीहरूले पर्यटन प्रवर्द्धनमा देखिएका चुनौतीहरू, सुधार आवश्यक क्षेत्रहरू र सम्भावनाहरू बारे धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..