महोत्तरीमा भिटामिन ए कार्यक्रमबारे सञ्चारकर्मीहरू सँग अन्तरक्रिया सम्पन्न

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

महोत्तरी, चैत २८ – आगामी वैशाख ६ र ७ गते महोत्तरी जिल्लाभरि भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन हुने भएकोले कुनै पनि बालबालिका नछुटोस् भन्नका लागि स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

 

कार्यक्रममा पोषण फोकल पर्सन प्रतिभा सिंहले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी निःशुल्क खुवाइने जानकारी दिइन्।

 

उहाँले जिल्लाका ५१,४७७ बालबालिकालाई लक्षित गरी सञ्चालित हुने यस अभियानमा टोल टोलमा स्वंयसेविकामार्फत औषधी खुवाइने र अभिभावकलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरिनुभयो। भिटामिन एले आँखाको स्वास्थ्य र बालबालिकाको समग्र वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..