स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना आज तेस्रो दिन पनि जारी

2 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, २७ चैत – मधेश प्रदेश सरकारले हालै लागू गरेको स्वास्थ्य सेवा ऐन, २०८१ को विरोधमा स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना बुधबार तेस्रो दिन पनि जारी रह्यो। स्वास्थ्यकर्मीहरूका अनुसार, नयाँ ऐनका प्रावधानहरूले उनीहरूको वृत्ति विकासमा गम्भीर अवरोध उत्पन्न गरिरहेको छ, जसको कारण उनीहरूले तत्काल संशोधनको माग गरिरहेका छन्।

 

तीन दिनदेखि शान्तिपूर्ण तरिकाले धर्ना दिँदै आएका स्वास्थ्यकर्मीहरूले प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। आन्दोलनकारीहरूले चेतावनी दिएका छन् कि प्रदेश सरकारले ध्यान नदिएको खण्डमा भोलीदेखि आन्दोलनको स्वरूप परिवर्तन गर्दै थप सशक्त र चरणबद्ध संघर्ष गर्ने तयारी गरिएको छ।

 

अहिलेसम्म आन्दोलनले जनकपुर धाम लगायत प्रदेशका विभिन्न स्थानहरूमा तिव्रता लिएको छ। स्वास्थ्यकर्मीहरूको यस आन्दोलनले प्रदेश सरकारलाई दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..