दलाल पुजीवादी व्यवस्थाको विरुद्धमा जनसंघर्ष जारी_ महा सचिव कञ्चन

1 वर्ष पहिले प्रकाशित

 

सुरेन्द्र रविदास / राष्ट्रिय आवाज 

जनकपुर धाम, चैत्र २७ गते 

 

 नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का सहसचिव धर्मेन्द्र बास्तोला "कञ्चन"ले आज जनकपुर धाममा आयोजित एक कार्यक्रममा दलाल पुजीवादी व्यवस्थाको विरोध गर्दै सशक्त जनसंघर्ष जारी राख्ने प्रतिवद्धता जनाएका छन्।

 

गौरी मंडलको अध्यक्षतामा आज बुधबार जनकपुर धामको रामानंद चोकमा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव कञ्चनले भ्रष्टाचार र सामाजिक असमानताको विरोध गर्दै वैज्ञानिक समाजवादको मार्ग अपनाउनुपर्ने आवश्यकता औंल्याए। उनले, "दलाल नोकरशाही र पुजीवादी व्यवस्थाले जनताको हक र अधिकारको उल्लंघन गर्दै आएको छ। यसलाई अन्त्य गर्न जनसंघर्ष लाई निरन्तरता दिनेछौं," भने।

 

कार्यक्रममा कञ्चनले जनवादी गणतन्त्रको स्थापना र आर्थिक असमानता कम गर्ने विषयमा जोड दिँदै, "पार्टी जनताको पक्षमा सशक्त संघर्ष गर्दै अघि बढ्नेछ," भने। उनले उपस्थित जनसमूहलाई 'जनवादी गणतन्त्रको दिशामा अधी बढौं' भन्ने नारासहित उत्साहित गरेका छन्।

 

कञ्चनले पार्टीको उद्देश्य वैज्ञानिक समाजवादको स्थापनामा रहेको भन्दै, जनताका हकमा आफूहरुको संघर्षलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..