जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सह-सचिव मिश्रको पदबहाली

2 वर्ष पहिले प्रकाशित

माेनु गुप्ता 

जनकपुरधाम, २७ चैत – जनकपुरधाम उपमहानगरपालिकामा सह-सचिव वीरेन्द्र कुमार मिश्रले प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका छन्।

 

नगर प्रमुख मनोज कुमार साह, उप–प्रमुख किशोरी साह, कार्यपालिका सदस्यहरू, महाशाखा तथा शाखा प्रमुखहरूको उपस्थितिमा एक समारोहका बीच मिश्रलाई स्वागत तथा सम्मान गर्दै हाजिर गराइएको हो।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख साहले मिश्रको अनुभव, दक्षता र नेतृत्वमा उपमहानगरको प्रशासनिक कार्य थप प्रभावकारी र जनमुखी हुने विश्वास व्यक्त गरे। उप–प्रमुख साहले समेत समन्वयमा काम गर्दै जनताको सेवा प्रवाहलाई तीव्र बनाउन जोड दिएका हुन्।

 

नव-हाजिर प्रमुख प्रशासकीय अधिकृत मिश्रले जनप्रतिनिधि र कर्मचारीसँग सहकार्य गर्दै नागरिकको हितमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..