जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सह-सचिव मिश्रको पदबहाली

1 वर्ष पहिले प्रकाशित

माेनु गुप्ता 

जनकपुरधाम, २७ चैत – जनकपुरधाम उपमहानगरपालिकामा सह-सचिव वीरेन्द्र कुमार मिश्रले प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका छन्।

 

नगर प्रमुख मनोज कुमार साह, उप–प्रमुख किशोरी साह, कार्यपालिका सदस्यहरू, महाशाखा तथा शाखा प्रमुखहरूको उपस्थितिमा एक समारोहका बीच मिश्रलाई स्वागत तथा सम्मान गर्दै हाजिर गराइएको हो।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख साहले मिश्रको अनुभव, दक्षता र नेतृत्वमा उपमहानगरको प्रशासनिक कार्य थप प्रभावकारी र जनमुखी हुने विश्वास व्यक्त गरे। उप–प्रमुख साहले समेत समन्वयमा काम गर्दै जनताको सेवा प्रवाहलाई तीव्र बनाउन जोड दिएका हुन्।

 

नव-हाजिर प्रमुख प्रशासकीय अधिकृत मिश्रले जनप्रतिनिधि र कर्मचारीसँग सहकार्य गर्दै नागरिकको हितमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..