रास्वपाको ‘भण्डाफोर अभियान’ घोषणा

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशबाट ‘भ्रष्टाचार, बेथिति र कुरीति’ विरुद्ध भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ। पार्टीले अभियानलाई आन्दोलनको स्वरूप दिँदै क्रमशः देशभर विस्तार गर्ने जनाएको छ।

 

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले अभियानको सुरुवात मधेशका प्रत्येक पालिकाबाट गरिने बताए। उनका अनुसार हालको प्रदेश र संघीय सरकारमा भ्रष्टाचार र कुशासन व्यापक रहेकोले त्यसको विरोधमा अभियान सञ्चालन गर्न लागिएको हो।

 

“युवा जागरण अभियानपछि अब व्यवस्थाविरुद्ध भण्डाफोर अभियान सुरु गरेका छौं,” उनले भने, “मधेशका मन्त्रीहरूले योजना बेच्ने जस्ता कार्य गरिरहेका छन्, जसले जनताको अधिकारमाथि हस्तक्षेप गरेको छ।”

 

उनले कमिशनतन्त्रको अन्त्य, पारदर्शिता र सुशासनको माग गर्दै अभियानमा व्यापक जनसहभागिता सुनिश्चित गरिने जानकारी दिए।

 

धनुषा जिल्ला सभापति लक्षमेश्वर यादवले पार्टी अध्यक्ष रवि लामिछानेमाथि गरिएको धडपकडलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै त्यसको विरोध गरे।

 

कार्यक्रममा नगर सभापति ललन कुमार नायक, संगठन विभाग प्रमुख राम बाबु रायलगायतले सामाजिक विकृति, भ्रस्टाचार र कुशासन विरुद्ध सशक्त रुपमा उभिने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..