रास्वपाको ‘भण्डाफोर अभियान’ घोषणा

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशबाट ‘भ्रष्टाचार, बेथिति र कुरीति’ विरुद्ध भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ। पार्टीले अभियानलाई आन्दोलनको स्वरूप दिँदै क्रमशः देशभर विस्तार गर्ने जनाएको छ।

 

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले अभियानको सुरुवात मधेशका प्रत्येक पालिकाबाट गरिने बताए। उनका अनुसार हालको प्रदेश र संघीय सरकारमा भ्रष्टाचार र कुशासन व्यापक रहेकोले त्यसको विरोधमा अभियान सञ्चालन गर्न लागिएको हो।

 

“युवा जागरण अभियानपछि अब व्यवस्थाविरुद्ध भण्डाफोर अभियान सुरु गरेका छौं,” उनले भने, “मधेशका मन्त्रीहरूले योजना बेच्ने जस्ता कार्य गरिरहेका छन्, जसले जनताको अधिकारमाथि हस्तक्षेप गरेको छ।”

 

उनले कमिशनतन्त्रको अन्त्य, पारदर्शिता र सुशासनको माग गर्दै अभियानमा व्यापक जनसहभागिता सुनिश्चित गरिने जानकारी दिए।

 

धनुषा जिल्ला सभापति लक्षमेश्वर यादवले पार्टी अध्यक्ष रवि लामिछानेमाथि गरिएको धडपकडलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै त्यसको विरोध गरे।

 

कार्यक्रममा नगर सभापति ललन कुमार नायक, संगठन विभाग प्रमुख राम बाबु रायलगायतले सामाजिक विकृति, भ्रस्टाचार र कुशासन विरुद्ध सशक्त रुपमा उभिने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..