सिंहदरबारमा लुटतन्त्रको साम्राज्य छ – प्रभु साह

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

काठमाडौं, २४ चैत — आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गरिएको आरोप लगाएका छन्।

 

आइतबार राजधानी काठमाडौंमा आयोजित ‘तेस्रो जनआन्दोलन’ दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै साहले वर्तमान शासकहरूले जनताको विश्वासमाथि धोका दिएको बताए। “जनआन्दोलनको मर्मलाई बिर्सेर सत्तामा पुगेकाहरूले भ्रष्टाचारलाई संस्थागत बनाएका छन्,” उनले भने।

 

साहले लोकतन्त्रको नाममा जनता होइन, केही गुट विशेषले मात्रै सुविधा भोग गरिरहेको दाबी गर्दै नयाँ जनआन्दोलनको आवश्यकता औंल्याए। “जनताको शासनका नाममा दलालहरूको शासन चलिरहेको छ,” उनले भने, “अब फेरि एकपटक जनता जाग्नुपर्ने बेला आएको छ।”

 

सभामा अन्य वक्ताहरूले पनि वर्तमान राजनीतिक अवस्था, भ्रष्टाचार र कुशासनको आलोचना गर्दै तेस्रो जनआन्दोलनको औचित्यमाथि जोड दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..