सिंहदरबारमा लुटतन्त्रको साम्राज्य छ – प्रभु साह

2 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

काठमाडौं, २४ चैत — आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गरिएको आरोप लगाएका छन्।

 

आइतबार राजधानी काठमाडौंमा आयोजित ‘तेस्रो जनआन्दोलन’ दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै साहले वर्तमान शासकहरूले जनताको विश्वासमाथि धोका दिएको बताए। “जनआन्दोलनको मर्मलाई बिर्सेर सत्तामा पुगेकाहरूले भ्रष्टाचारलाई संस्थागत बनाएका छन्,” उनले भने।

 

साहले लोकतन्त्रको नाममा जनता होइन, केही गुट विशेषले मात्रै सुविधा भोग गरिरहेको दाबी गर्दै नयाँ जनआन्दोलनको आवश्यकता औंल्याए। “जनताको शासनका नाममा दलालहरूको शासन चलिरहेको छ,” उनले भने, “अब फेरि एकपटक जनता जाग्नुपर्ने बेला आएको छ।”

 

सभामा अन्य वक्ताहरूले पनि वर्तमान राजनीतिक अवस्था, भ्रष्टाचार र कुशासनको आलोचना गर्दै तेस्रो जनआन्दोलनको औचित्यमाथि जोड दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..