संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन – महासचिव प्रमेश्वर

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय अवाज

    जनकपुरधाम

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय महासचिव प्रमेश्वर साहले संघीय लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्।

 

धनौजी बजारस्थित राम जानकी मन्दिरको प्राङ्गणमा आयोजित लोसपा नेपाल, धनौजी गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै महासचिव साहले भने, “सैकडौँ जनताको सहादत, बलिदान, त्याग र तपस्या मार्फत प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र कुनै व्यक्तिको कृपा वा दया होइन। यो हामीले संघर्ष गरेर ल्याएको उपलब्धि हो।”

 

उनले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि प्रयासप्रति सावधानी अपनाउनुपर्ने उल्लेख गर्दै जनताको अधिकारमाथि कुण्ठित हुने प्रयासहरू विरुद्ध सतर्क रहन आग्रह गरे।

  लोसपा नेपाल धनौजी गाउँपालिकाका उपेन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सचिव सदाशिव मिश्रले मधेसवाद जनताको मौलिक अधिकार, पहिचान र समान प्रतिनिधित्वका लागि भएको आन्दोलन भएको स्पष्ट पारेका छन्।

मधेसवादको सन्दर्भमा बोल्दै मिश्रले भने, “मधेसवाद कुनै जातीय वा क्षेत्रीय विद्रोह होइन, यो त राज्यबाट बहिष्कृत, पछाडि पारिएको समुदायको हक र पहिचानका लागि लडिएको ऐतिहासिक संघर्ष हो।”

लोसपा नेपाल, धनौजी गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशनमा मधेस प्रदेश उपाध्यक्ष राम ज्ञान् मण्डल , मधेसवादी युवा नेता गयानेन्द्र झा , लोसपा नेपालका धनुषा अध्यक्ष तथा मेयरका प्रत्यासी युवा नेता जिवेन्द्र झा , सिताराम ठाकुर , रोशन झा ,सन्तोष मण्ड लगायतकाले आ आफनो मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..