कानू हलवाई समाज महासंघको प्रथम नगर अधिवेशन सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

माेनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत्र १६ गते – कानू हलवाई समाज महासंघको प्रथम नगर अधिवेशन आज शनिबार भव्य रूपमा सम्पन्न भएको छ। मधेशी आयोगका अध्यक्ष माननीय जिवछ साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा समाजका विभिन्न प्रतिनिधिहरू, पदाधिकारीहरू तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

अधिवेशनमा समाजको सुदृढीकरण, सामुदायिक उत्थान, तथा सामाजिक, आर्थिक र शैक्षिक विकासका विषयमा व्यापक छलफल भएको थियो। कार्यक्रममा प्रमुख अतिथि जिवछ साहले कानू हलवाई समाजको एकता, प्रगति तथा पहिचान प्रवर्द्धनका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

 

यस अवसरमा समाजका विभिन्न सदस्यहरूले आफ्नो धारणा प्रस्तुत गर्दै संस्थागत सुदृढीकरण र आगामी योजनाहरू बारे छलफल गरेका थिए। अधिवेशनले समाजको हितका लागि आ आफनो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

कानु हलवाई समाज महासंघको अधिवेशनबाट आज जनकपुर नगर समितिको अध्यक्ष पदमा बलराम साह निर्विरोध निर्वाचित भएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..