कानू हलवाई समाज महासंघको प्रथम नगर अधिवेशन सम्पन्न

2 वर्ष पहिले प्रकाशित

 

माेनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत्र १६ गते – कानू हलवाई समाज महासंघको प्रथम नगर अधिवेशन आज शनिबार भव्य रूपमा सम्पन्न भएको छ। मधेशी आयोगका अध्यक्ष माननीय जिवछ साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा समाजका विभिन्न प्रतिनिधिहरू, पदाधिकारीहरू तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

अधिवेशनमा समाजको सुदृढीकरण, सामुदायिक उत्थान, तथा सामाजिक, आर्थिक र शैक्षिक विकासका विषयमा व्यापक छलफल भएको थियो। कार्यक्रममा प्रमुख अतिथि जिवछ साहले कानू हलवाई समाजको एकता, प्रगति तथा पहिचान प्रवर्द्धनका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

 

यस अवसरमा समाजका विभिन्न सदस्यहरूले आफ्नो धारणा प्रस्तुत गर्दै संस्थागत सुदृढीकरण र आगामी योजनाहरू बारे छलफल गरेका थिए। अधिवेशनले समाजको हितका लागि आ आफनो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

कानु हलवाई समाज महासंघको अधिवेशनबाट आज जनकपुर नगर समितिको अध्यक्ष पदमा बलराम साह निर्विरोध निर्वाचित भएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..