उपभोगता अधिकार सुनिश्चितका लागि थप नौ होटलको अनुगमन, पाँच होटललाई दर्ता गराउन निर्देशन

1 वर्ष पहिले प्रकाशित

उपभोगता अधिकार सुनिश्चितका लागि थप नौ होटलको अनुगमन, पाँच होटललाई दर्ता गराउन निर्देशन 

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, १४ चैत 

उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले बुधबार जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ । 

होटलका खानेकुरा स्वस्थ तथा स्वच्छ बनाउन होटलको अनुगमन तथा नियमनलाई निरन्तर एवम् तीव्र बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले दिएको निर्देशनपछि संयुक्त बजार अनुगमन टोलीले होटल अनुगमनलाई बुधबार पनि निरन्तरता दिएको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, घरेलु तथा साना उद्योग कार्यालय, जनकपुरधाम र जनकपुर उद्योग वाणिज्य संघका अधिकारी एवम् प्रतिनिधि सम्मिलित टोलीले दर्ता नगरी सञ्चालनमा रहेका पाँच होटललाई दर्ता गराउन निर्देशन दिएको छ । दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएका होटलमा शिव भोजनालय, किशोरी भोजनालय, कृष मिठाइ पसल, रामईश्वर होटल र बैष्णव भोजनालय छन् ।  

अनुगमन टोलीले विभिन्न होटलमा फेला परेका म्याद गुज्रिएका सामग्री नष्ट गरेको छ भने भान्साघरको सरसफाइ व्यवस्थापन गर्न होटल सञ्चालकहरूलाई निर्देशन दिएको छ । 

अनुगमनक्रममा ड्यु, स्लाइस, मिरिन्डा र सेवन अप जस्ता म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरिएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिए ।    

उनले बिग्रेका मिठाई र अखाद्य तेल र डाल्डासमेत नष्ट गरिएको बताए ।  

बिरामीहरूको निकै चाप रहने अस्पताल रोडमा होटलहरूलाई अखाद्य सामाग्री बिक्री नगर्न र भान्साघरलगायत सबै स्थानमा सरसफाइ गर्न तथा ग्राहकहरूसँग राम्रो व्यवहार गर्न अनुगमन टोलीले होटल सञ्चालकलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..