धनुषामा हाेली पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडाइ

2 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज 

जनकपुरधाम, फागुन २७ गते 

 

धनुषामा हाेली पर्व लाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएका छन् । हाेली पर्वमा चर्को साउण्डमा डिजे बजाएर उच्छृङ्खल गतिविधि गर्नेहरुलाई कानुनी कारबाही हुने चेतावनी दिएका छन् । हाेलीकाे अवसर भन्दै जाँड् , रक्सी , प्रतिबन्धित लागूऔषध पदार्थ सेवन गरी हाे- हाेल्ला गर्ने , जबर्जस्ती रँग लगाउने , हुर्दँग मच्चाउने , मापसे गरी तीव्र गतिमा सवारी चलाउने , तीन - चार जना बसेर माेटरसाईकल चलाउनेलाई नियन्त्रणमा लिने र ब्यापक रुपमा प्रहरी परिचालन गरिएका छन् । राष्ट्रिय आवाज सँग कुराकानी गर्दै धनुषाका एसपी भुनेश्वर तिवारीले अश्लील गीत बजाउनेमाथि पहिलादेखि नै प्रतिबन्ध रहेपनि हाेली अवांच्छित गतिविधि गर्नेहरुकाे डिजे जफत हुने बताएका छन् । 

 

मादक पदार्थ सेवन गरी डिजेमा भद्दा गीत बजाउँदै अशाेभनीय क्रियाकलापकाे साथै अरुलाई जिस्काउने , दु:ख दिने जस्ता कार्यहरु हाेलीमा हुने गरेको व्यापाक गुनासाेपछि यसपाली हाेलीमा सुरक्षा व्यवस्था कडाइ गरिने भएको हाे । 

 

जनकपुरधाममा मिथिला मध्यमा परिक्रमा यात्री फर्कने गरिएको र शुक्रबार अन्तर गृह परिक्रमा गर्नेभएकाले फागुन २९ गते र चैत १ गते सूर्याेदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा माँसमदिरा बिक्रिवितरण तथा सेवन निषेधित गरिएको जनाएको छ । 

साथै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शान्ति वातावरण बनाइ हाेली पर्व लाई लिएर धनुषाका सम्पूर्ण सर्वसाधारणहरुलाई शुभकामना दिदै एसपी भुनेश्वर तिवारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..