घर जग्गा व्यवसायी संघ द्वारा होली मिलन समारोह

2 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुर धाम, फागुन २६ गते 

जनकपुरधाम घर जग्गा व्यवसायी संघद्वारा आज सोमबार आयोजित होली मिलन समारोह भव्यताका साथमा सम्पन । जनकपुरधाम घर जग्गा व्यवसायी संघका अध्यक्ष रञ्जित पजियारको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बोधन गर्दै होलीलाई रङहरूको पर्व भनिन्छ, जसमा मानिसहरू एकअर्कालाई रङ र अबिर लगाएर खुसी मनाउँछन भन्दै मेयर साहले असत्यमाथि सत्यको विजयको प्रतिक भक्त प्रह्लाद र होलिकासँग सम्बन्धित छ, जसले असत्यमाथि सत्यको विजय दर्शाउँछ भन्दै होली पर्वको सकारात्मकता सन्दर्भमा प्रकाश पारेका थिए।

त्यस्तै युवा नेता अम्बु प्रसाद साहले सामाजिक एकता र मेलमिलापका प्रतीक होली जाति, धर्म, वर्ग तथा सामाजिक भेदभावलाई हटाई आपसी भाइचाराको भावना बढाउने पर्वको रुपमा चित्रण गरेका थिए।

होली कार्यक्रममा उपमहानगरपालिकाको वडा नं. १६ का अध्यक्ष रामचन्द्र पजियार, उद्योग वाणिज्य संघ मधेश प्रदेशका उपाध्यक्ष जितेन्द्र महासेठ, जनकपुरधाम घर जग्गा व्यवसायी संघका अध्यक्षीय सल्लाहकार अम्भु प्रसाद साह, जनकपुर जेसिज वर्ष २०२५ का अध्यक्ष मुकेश कुमार साह , टुरिष्ट गाइड जनकपुर धामका प्रतिनिधि विक्रम साह लगायतका उल्लेख्य सहभागितामा सम्पन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..