टाटा मोटर्सको तीन नयाँ गाडीहरु लन्च

2 वर्ष पहिले प्रकाशित

 

विकास कुमार साह 

जनकपुरधाम,फाल्गुण २६ गते

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आज सोमबार जनकपुरधाममा तीन नयाँ गाडीहरु लन्च गरेको छ । जनकपुरधाम स्थित गिरिजा अटोमोवाइलमा नेपालमा हालै लन्च भएको बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के ३ र टाटा सफारी लन्च गरिएको हो । 

लन्च कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगको प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले जनकपुरधाममा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए । अब ग्राहकहरुले टाटाको इभिहरु २७ लाख देखि ५६ लाखसम्ममा रोज्न पाउनु हुने बताउँदै उनले इन्ट्री लेभल गाडी खोजिरहनु भएका ग्राहकले टियागो इभि रोज्न सक्ने धारणा राखेका थिए । अनुकुल बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि रोज्न सक्ने तर अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के ३ इभि रोज्न सक्ने उनको भनाई थियो । प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुका लागि आज लन्च भएको कर्भ इभि टप भेरिएन्ट उपयूक्त हुने साथै भारतमा टाटा कम्पनिले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्ने उनले जानकारी गराए । 

कार्यक्रममा बोल्दै गिरिजा अटोमोवाइलसका संचालक गुड्डु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको अभाव देखिएको समयमा कर्भ इभि र नेक्सन के ३ इभिले त्यो आवश्यकता पूर्ती गरेको प्रतिक्रिया दिएका थिए । 

कार्यक्रममा टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । टाटाका नंया गाडीहरुको रिजनल लन्च अब बिरगंजमा हुन लागेको जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..