टाटा मोटर्सको तीन नयाँ गाडीहरु लन्च

2 वर्ष पहिले प्रकाशित

 

विकास कुमार साह 

जनकपुरधाम,फाल्गुण २६ गते

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आज सोमबार जनकपुरधाममा तीन नयाँ गाडीहरु लन्च गरेको छ । जनकपुरधाम स्थित गिरिजा अटोमोवाइलमा नेपालमा हालै लन्च भएको बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के ३ र टाटा सफारी लन्च गरिएको हो । 

लन्च कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगको प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले जनकपुरधाममा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए । अब ग्राहकहरुले टाटाको इभिहरु २७ लाख देखि ५६ लाखसम्ममा रोज्न पाउनु हुने बताउँदै उनले इन्ट्री लेभल गाडी खोजिरहनु भएका ग्राहकले टियागो इभि रोज्न सक्ने धारणा राखेका थिए । अनुकुल बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि रोज्न सक्ने तर अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के ३ इभि रोज्न सक्ने उनको भनाई थियो । प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुका लागि आज लन्च भएको कर्भ इभि टप भेरिएन्ट उपयूक्त हुने साथै भारतमा टाटा कम्पनिले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्ने उनले जानकारी गराए । 

कार्यक्रममा बोल्दै गिरिजा अटोमोवाइलसका संचालक गुड्डु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको अभाव देखिएको समयमा कर्भ इभि र नेक्सन के ३ इभिले त्यो आवश्यकता पूर्ती गरेको प्रतिक्रिया दिएका थिए । 

कार्यक्रममा टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । टाटाका नंया गाडीहरुको रिजनल लन्च अब बिरगंजमा हुन लागेको जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..