महावीर झण्डा मेला सबैलामा सुरु

2 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

 जनकपुर धाम,फागुन २१ गते 

 लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ मेलाको शुभ अवसरमा सबैला न.पा.९ सप्त ऋषि बास स्थान कुशमाहा सतोषरधाममा आज बुधबार महावीर झण्डा मेला सुरु भएको छ ।

 

श्री श्री १०८ श्री सिताराम महराजी, श्री श्री १०८ श्री तान्त्रीक बाबा एंव सतोषर ग्राम बासीको आयोजना तथा लोकतान्त्रिक समाजवादी पार्टी नगर कमिटी सबैलाका नगर अध्यक्ष राम चन्द्र जयसवालको प्रमुख आतिथ्यतामा आज महावीर झण्डा मेलाको एक समारोहबीच उद्घाटन गरिएको छ। मेला उदघाटन गर्दै नगर अध्यक्ष राम चन्द्र जयसवालले हाम्रो हिन्दू धर्म आस्थाको कारण महावीरजी लाई पिँढी दर पिँढी पुजदै आएको र आपसी सदभाव , मानवता, प्रेम,गहिरो दार्शनिक तथा आध्यात्मिक महत्त्व बोकेको बताउँदै आउने दिनमा पनि सामाजिक कार्यमा सक्रिय भूमिकामा रहने बताएका थिए।

। झण्डा मेलाको लागि महावीरको भव्य झण्डाको साथ साथै दर्शनका लागि विभिन्न देवी देउताहरुको कलात्मक मूर्ति निर्माण गरिएको छ । फागुन २९ गते विहीवार सम्म अर्थात ९औं दिने मेला महोत्सवमा हेल्प मधेशी नेपालका संस्थापक अध्यक्ष राम उदगार यादब , जनमत पार्टी उप मेयर प्रत्यासी बबिता देवी यादब धनेश्वर मिश्र, राम भक्त जैसवाल, प्रदीप यादव, साधु, संत, महन्त, श्रद्धालु भक्तजन , नागरिक समाजको उलेख्य सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..