मुख्यमन्त्री सिँहले गरे बर्दिवासका आठ अस्पताल अनुगमन, पाँचलाई बन्द गर्न निर्देशन

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, १६ फागुन 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले स्वास्थ्य सेवा जस्तो संवेदन शिल क्षेत्रमा अवैध तथा अनाधिकृत ढङ्गले चिकित्सासेवा प्रदान गर्दैआएका महोत्तरीको बर्दिवासस्थित पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् । 

मुख्यमन्त्री सिँहले शुक्रबार अनुगमन गरेका आठ अस्पतालमध्ये सेवा सञ्चालन अनुमति नलिएका पाँचवटा अस्पतालहरू पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिएका हुन् ।

सेवा सञ्चालन अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिँहले विधि र प्रक्रियाअनुसार मापदण्ड पुरा गरी सेवा सञ्चालन अनुमति लिई मात्र अस्पताल सञ्चालन गर्न ती अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई निर्देशन दिएको मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए । 

यसैगरी अनुगमनक्रममा बर्दिवासस्थित महेन्द्र डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन स्वीकृति लिएको पाइएको छ । सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल प्रालि र डि.एन.बि मेडिकेयर सेन्टर प्रालिलाई नवीकरण गराउन मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् ।

केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिँहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिँदैआएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..