"प्रदूषण भित्र होस या बाहिर, दुबै हानिकारक हुन्छ"

2 वर्ष पहिले प्रकाशित

 

रेविता कुमारी / राष्ट्रिय आवाज 

जनकपुर धाम

"प्रदूषण भित्र होस या बाहिर, दुबै हानिकारक हुन्छ" भन्ने मूल नाराका साथ संत निरंकारी मण्डल नेपाल शाखा धनुषा द्वारा जनकपुर धामको धार्मिक महत्व रहेका गोरघोई पोखरी जहां जनकपुर धामको परिक्रमाका बेला लाखौँ भक्तजनहरूले यो पोखरीमा धार्मिक विश्वास अनुसार खुट्टा धुने गर्छन। यो पोखरीको आज एक कार्यक्रमको आयोजना गरी संत निरंकारी मण्डल नेपाल शाखा धनुषा द्वारा चैतर्फि पोखरी सर्सफाइ गरेका छन।

 

संतनिरंकार मंडली जनकपुर धामका अध्यक्ष बेचु रजकको अगुवाइमा भएको कार्यक्रम लाई संबोधन गर्दै रजकले हाम्रो धर्मिक नगरी जनकपुर धामको पहिचान मध्ये एक पोखरीको शहर भनेर हुनेगरेकाले पनि यसको सरसफाइ सौन्दर्यकरणमा जोड दिन आग्रह गर्दै , पानी जीवन हो र जीवन सम्भव हुनका लागि पानीको उपस्थिति अपरिहार्य छ  ।अध्यात्मिक ,धर्मशास्त्रदेखि भौतिशास्त्री विज्ञानसम्मले जीवनको उत्पत्ति पानीबाटै सुरु भएको भन्ने तर्क पेस गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको ७० प्रतिशत हिस्सा पानीले नै ओगटेने भएकोले जलाशयको महत्त्व बुझी सरसफाइ संरक्षणमा जोड दिन आग्रह गरेका थिए ।

 

कार्यक्रममा आफ्नो भनाइ राखिदै विभिन्न वक्ताहरुले आन्तिक तथा वाहृय पर्यटक प्रवर्द्धनका लागि भएपनि हामी एक जुटभएर जलाशय सराेवर प्रसिद्ध धराेहर सम्पदाकाे संरक्षण तथा सफा - सुन्दर राख्नुपर्ने जोड दिएका थिए । आजको सरसफाइ अभियानमा निरंकारीअशोक यादब, प्रियंका भारती रजक, गीता यादब,सन्तोष महतो, विनोद कुमार साह,राम चन्द्र पजीयार, सोनफि साह लगायतका उलेख्य सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..