मुख्यमन्त्री सिँहले गरे वीरगन्जका दुई क्यासिनो अनुगमन,होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली लाई नियन्त्रण

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, ७ फागुन । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वीरगन्जस्थित आदर्शनगरस्थित लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनो अनुगमन गरेका छन् । क्यासिनोमा नेपाली नागरिकहरूले समेत जुवातास खेलेर गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक सङ्कटमा परिरहेका र पछिल्लोपटक एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिँहले बुधबार ती क्यासिनो अनुगमन गरेका हुन् । 

अनुगमनक्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको ती नेपाली नागरिकलाई प्रहरीको जिम्मा लगाइएको छ । विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन अनुमति पाएका क्यासिनोमा जुवा खेल्न र क्यासिनो स्थलमा नेपाली नागरिकको प्रवेश कानुनी रूपमै वर्जित छ । 

क्यासिनोमा प्रवेश गर्नेहरूको अभिलेख व्यवस्थापन रीतपूर्वक भएको नदेखिएपछि मुख्यमन्त्री सिँहले ती दुवै क्यासिनो व्यवस्थापनलाई एक महिनायता प्रवेश गरेकाहरूको परिचयपत्रसहितको प्रविष्टी सूची र एक साताको सिसिटिभी फुटेज, कर्मचारीको विवरण लगायतका कागजात लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिएका छन् । अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले बुधबार वीरगन्जमा अस्पताल अनुगमन गर्न आएका बेला क्यासिनोका कारण एक नेपालीले ४० लाख रुपैयाँभन्दा बढी रकम गुमाएको सूचना प्राप्त भएपछि क्यासिनो अनुगमन गरिएको बताए । उनले सुरक्षालगायतका दृष्टिले क्यासिनो अत्यन्त संवेदनशील ठाउँ भए पनि तिनको व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए । 

मुख्यमन्त्री सिँहले क्यासिनोबाट प्राप्त हुने दस्ताबेजको अध्ययन तथा विश्लेषणका आधारमा थप कारबाही अघि बढाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..