मुख्यमन्त्री र जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारबीच भेट धार्मिक पर्यटन विकास प्रयास मजबुत गर्नुपर्नेमा जोड

1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, २ फागुन 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहसँग भारतको बिहार राज्यको सत्तारुढ जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमार कुशवाहाले शुक्रबार शिष्टाचार भेट गरेका छन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारबीच धर्मसँस्कृति र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । 

मुख्यमन्त्री सिँहले नेपाल र भारतबीच पौराणिक कालदेखि नै नागरिक स्तरमा धार्मिक तथा साँस्कृतिक सम्बन्ध रहेको बताउँदै यसलाई थप सुदृढ एवम् दीर्घकालीक बनाउन दुई देशबीच धार्मिक पर्यटन विकासमा जोड दिनुपर्ने बताए । उनले मधेश प्रदेशमा भारतका भारतका राष्ट्रपति, प्रधानमन्त्री, उत्तरप्रदेशका मुख्यमन्त्रीलगायतका उच्चस्तरीय नेताको भ्रमणबाट जानकीको नगरी जनकपुरधामप्रति भारतका धार्मिक पर्यटकको रुचि बढेको उल्लेख गरे । उनले रामायणमा उल्लिखित जनकपुरधामलगायत स्थलहरूको विकास तथा प्रसार गरी पर्यटनका माध्यमले धार्मिक एवम् नैतिक पथागमनका लागि प्रेरित गर्ने उद्देश्यले ल्याइएको रामायण सर्किट र सीता सर्किटको पूर्णताबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

मुख्यमन्त्री सिँहले केही दिन आफ्नो अयोध्या भ्रमणको प्रसङ्गबारे चर्चा गर्दै त्यहाँ राम मन्दिरको निर्माण सनातनीहरूका लागि गौरवको विषय भएको बताए । उनले सीताबिना राम अधुरो भएको भन्दै राममन्दिर दर्शन गर्न पुग्नेहरूलाई सीता माताको आशीर्वाद लिन मधेश प्रदेशमा आउन सुझाउनुपर्ने समेत उल्लेख गरे । ‘मैले सीमावर्ती भारतीय राज्यका राजनीतिक नेतृत्व र अधिकारीहरूलाई भारतका धर्मस्थलसँग जोडिएका प्रचार सामग्रीमा जनकपुरधाम लगायत नेपालका धार्मिक नगरीका विषयमा उल्लेख गरिदिन आग्रह गरेको छु,’ उनले भने ।     

मुख्यमन्त्री सिँहले बिहारमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा भएका प्रयास, अभ्यास तथा चुनौतीबाट आर्जित अनुभव साझा हुनुपर्ने भन्दै सीमाञ्चलको संवेदनालाई जोड्न देशपार विवाहको परम्परा र साहित्यले समेत भूमिका निर्वाह गरिरहेको चर्चा गरे । 

जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारले नेपालको विकास प्रयासमा भारत सदैव सकारात्मक रहेको भन्दै दुवै छिमेकी देशबीचको सम्बन्ध प्रगाढ बनाउन नागरिक स्तरमा समेत सार्थक संवादले निरन्तरता पाउनुपर्ने बताए । उनले सीमा वारपारका जनताबीच सुखदुख दुवैमा समान अनुभूति गर्ने सम्बन्धलाई थप उचाइमा पुर्याउन धार्मिक, साँस्कृतिक र साहित्यिक साझेदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रस्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..