अमित झा स्मृति साहित्य, संगित पुरुस्कार गुरुदेव कामतको श्रीमतीलाईप्रदान

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम , माघ २४

अमित झा स्मृति साहित्य, संगित पुरुस्कार गुरुदेव कामतको परिवारले आज बिहीबार पाएका छन् । जनकपुरधाम साहित्य महोत्सवको ६ औं संस्करणको शुभारम्भमा संगितकार कामतको श्रीमती सगुनवती देवी कामतलाई पुरुस्कार हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री सतिश कुमार सिंह र अमितको बुबा रामनारायण झाको हातबाट एक लाख पाँच हजार राशीको पुरुस्कार कामतको श्रीमतीलाई दिइएको हो । नव मिथिला फाउण्डेशनको आयोजनामा आज (विहीबार)देखि तीन दिवसिय जनकपुरधाम साहित्य महोत्सवको ६ औं संस्करण सुरु भएको छ । 

भारतबाट संगितमा स्नात्तक गरेका कामत गत साउनमा मृत्युवरण गरेका थिए । प्रवल जनसेवा श्री लगायत पुरुस्कारबाट समेत सम्मानित भइसकेका कामत राज्यबाट विशेष सहयोग पाएका थिएनन् ।  

त्यस्तै, अर्का संगितकार अशोक दत्तलाई समेत ५१ हजार रुपैया आर्थिक सहयोग गरिएको छ । संगित क्षेत्रमा उल्लेखनिय योगदान दिएका उनी क्यान्सर रोगबाट ग्रसित छन् । उनको उपचारर्थका लागि सहयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..