अमित झा स्मृति साहित्य, संगित पुरुस्कार गुरुदेव कामतको श्रीमतीलाईप्रदान

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम , माघ २४

अमित झा स्मृति साहित्य, संगित पुरुस्कार गुरुदेव कामतको परिवारले आज बिहीबार पाएका छन् । जनकपुरधाम साहित्य महोत्सवको ६ औं संस्करणको शुभारम्भमा संगितकार कामतको श्रीमती सगुनवती देवी कामतलाई पुरुस्कार हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री सतिश कुमार सिंह र अमितको बुबा रामनारायण झाको हातबाट एक लाख पाँच हजार राशीको पुरुस्कार कामतको श्रीमतीलाई दिइएको हो । नव मिथिला फाउण्डेशनको आयोजनामा आज (विहीबार)देखि तीन दिवसिय जनकपुरधाम साहित्य महोत्सवको ६ औं संस्करण सुरु भएको छ । 

भारतबाट संगितमा स्नात्तक गरेका कामत गत साउनमा मृत्युवरण गरेका थिए । प्रवल जनसेवा श्री लगायत पुरुस्कारबाट समेत सम्मानित भइसकेका कामत राज्यबाट विशेष सहयोग पाएका थिएनन् ।  

त्यस्तै, अर्का संगितकार अशोक दत्तलाई समेत ५१ हजार रुपैया आर्थिक सहयोग गरिएको छ । संगित क्षेत्रमा उल्लेखनिय योगदान दिएका उनी क्यान्सर रोगबाट ग्रसित छन् । उनको उपचारर्थका लागि सहयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..