जनकपुर धाममा आज देखि एचपीभी खोप लगाइदै

2 वर्ष पहिले प्रकाशित

 

 मोनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुर धाम, माघ २३

जनकपुरधाम उप-महानगरपालिकाले आज बाट एचपीभी खोप अभियान २०८१ जनकपुरधाम उ.म.न.पा.-१२ मा.वि. कुवा रामपुर बाट एक कार्यक्रमको आयोजना गरी सुरु गरेका हुन। नेपाल सरकारले देशभर एचपीभी खोप अभियान सुरु गरेको यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ । 

 

जनकपुरधाम उप-महानगरपालिका स्वास्थ्य शाखाको आयोजना जनकपुर धाम उपमहानगरपालिका -१२ का अध्यक्ष महेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मनोज कुमार साहले जनकपुर धामको २५ वटा वार्डमा करिब १७ हजार किशोरी लाई खोप दिइने बताएका छन।अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ नगरपालिकाको लक्ष्य रहेको बताएका छन।

खोप कहाँ लगाउने ?

विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै खोप लगाउन पाउने छन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्ने खोप सुपरभाइजर विनय कुमार साह बताउँछन् । 

 

एचपीभी खोप भनेको के हो ?

 

एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो । औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यही क्यान्सरका कारणले पनि दैनिक चार जनाको मृत्यु भइरहेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेको डक्टरहरु बताउँछ

न् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..