जनकपुर धाम ५२ विघामा श्रीसीताराम नाम जप महायज्ञ को तयारी हुँदै

2 वर्ष पहिले प्रकाशित

५२ विघामा श्रीसीताराम नाम जप महायज्ञ को तयारी हुँदै 

 

जनकपुरधाम 

माघ १४ गते सोमबार 

 

जनकपुरधाम उपमहानगरपालिका स्थित ५२ विद्या मैदानमा विश्व कल्याणार्थ हेतु श्रीसीताराम नाम जाप महायज्ञ प्रारम्भ हुन लागेको हो ।

सन्त डण्डी बालक राघवेन्द्र दासजी महाराजको सानिध्यमा हुन लागेको श्री सीताराम नाम जाप महायज्ञ यही चैत्र ४ गते सोमबार बिहान कलश शोभा यात्रा हुने र ५ गते मंगलबार देखि यज्ञ शुभारम्भ भई चैत्र १४ गते बिहीबार सम्म हुने आयोजकको भनाई रहेको छ ।

यज्ञमा १०८ मंडपको निर्माण गरिने र हरेक मण्डपमा श्रीसीताराम नाम जाप संकिर्तन यज्ञ अवधि भर अखंड रुपमा संचालन रहने बाबा राधवेन्द्र दासले जानकारी दिनु भयो ।

शुभारम्भ भएको दिन देखि १० दिन सम्म चल्ने यस महायज्ञमा रामचरित मानसको नवाह परायण, वेद पाठ, हवन, अखंड दीप दर्शन, कथा प्रवचन, उपदेश किर्तन र वाद- वादन संकिर्तनको आयोजन गरिने छ ।

यस महायज्ञको माध्यमले विश्व कल्याण को भावना जातृत गर्ने, शांति स्थापना, इश्वरको अनुभूति र एक आपसमा एकताको सन्देश दिने उदेश्य रहेको बाबा दास ले बताउनु भयो ।श्री सीताराम नाम जाप महायज्ञको लागि ५२ विद्या मैदानमा तयारी जोड़सोड़ ले चलि रहेको छ । अचेल दिसम्बर १७ तारिख अर्थात पुष २ गते मंगलवार देखि एउटा कुंजमा अखंड श्रीसीताराम नाम जाप संकिर्तन चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..