जनकपुर धाम ५२ विघामा श्रीसीताराम नाम जप महायज्ञ को तयारी हुँदै

2 वर्ष पहिले प्रकाशित

५२ विघामा श्रीसीताराम नाम जप महायज्ञ को तयारी हुँदै 

 

जनकपुरधाम 

माघ १४ गते सोमबार 

 

जनकपुरधाम उपमहानगरपालिका स्थित ५२ विद्या मैदानमा विश्व कल्याणार्थ हेतु श्रीसीताराम नाम जाप महायज्ञ प्रारम्भ हुन लागेको हो ।

सन्त डण्डी बालक राघवेन्द्र दासजी महाराजको सानिध्यमा हुन लागेको श्री सीताराम नाम जाप महायज्ञ यही चैत्र ४ गते सोमबार बिहान कलश शोभा यात्रा हुने र ५ गते मंगलबार देखि यज्ञ शुभारम्भ भई चैत्र १४ गते बिहीबार सम्म हुने आयोजकको भनाई रहेको छ ।

यज्ञमा १०८ मंडपको निर्माण गरिने र हरेक मण्डपमा श्रीसीताराम नाम जाप संकिर्तन यज्ञ अवधि भर अखंड रुपमा संचालन रहने बाबा राधवेन्द्र दासले जानकारी दिनु भयो ।

शुभारम्भ भएको दिन देखि १० दिन सम्म चल्ने यस महायज्ञमा रामचरित मानसको नवाह परायण, वेद पाठ, हवन, अखंड दीप दर्शन, कथा प्रवचन, उपदेश किर्तन र वाद- वादन संकिर्तनको आयोजन गरिने छ ।

यस महायज्ञको माध्यमले विश्व कल्याण को भावना जातृत गर्ने, शांति स्थापना, इश्वरको अनुभूति र एक आपसमा एकताको सन्देश दिने उदेश्य रहेको बाबा दास ले बताउनु भयो ।श्री सीताराम नाम जाप महायज्ञको लागि ५२ विद्या मैदानमा तयारी जोड़सोड़ ले चलि रहेको छ । अचेल दिसम्बर १७ तारिख अर्थात पुष २ गते मंगलवार देखि एउटा कुंजमा अखंड श्रीसीताराम नाम जाप संकिर्तन चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..