सरस्वती पूजाकाे नाउँमा जाेर जबर्जस्ती शुल्क वा चन्दा उठाए, अश्लील गित डिजे बजाए हुन्छ कारबाही _ धनुषा प्रहरी

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम , माघ १० गते 

 

सरस्वती पूजाको दिन गैरकानुनी गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । 

 

 पूजाको दिन र विसर्जनको दिन अवाञ्छित, सामाजिक विकृति हुने खालका गैरकानुनी गतिविधि गरेको पाइएमा कारबाही गर्ने धनुषा प्रहरीले जनाएका हुन् । 

 

सरस्वती पूजाकाे नाउँमा चन्दा नअसुल्न आग्रह गरेका छन् र बाटो अवरुद्ध नगर्न र सरस्वती पूजाकाे नाउँमा गलत क्रियाकलाप गर्ने लाई पक्राउ गरि कानुनी बमोजिम कारबाही हुन्छ । 

 

   धनुषाका एसपी भुनेश्वर तिवारीले सरस्वती पूजा मनाउने र मूर्ति विसर्जन गर्ने क्रममा चर्को स्वरमा डिजे बाजा बजाई अश्लिल गीतमा नाच्ने, लागुऔषध तथा मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, बाटोमा हिड्ने बालवालिकालाई जिस्काउने, एक आपसमा झैझगडा गर्ने, जबर्जस्ती रंगरअविर दल्ने, पूजाका लागि भनी चन्दा उठाउने जस्ता गतिविधि नगर्न अनुरोध गरेका हुन्।

 

 

सरस्वती पूजाकाे दिन डिजे बाजाकाे प्रयोग नगर्ने नगराउन र अश्लील तथा छाडा गीत नबजाउने , मूर्ति विसर्जन गर्ने नाँउमा समेत बालबालिकालाई प्रयोग नगर्ने भनिएकाे छ तर अश्लील गीत र डिजे बजाउनेलाई कारबाही गर्नेछन् ।

 

 

पूजाको दिन अनिवार्य रुपमा विद्यार्थीलाई ड्रेस र आइडी कार्ड लगाएर सभ्य भएर विद्यालयमा पुजा पाट गर्न जान जिल्ला प्रहरी कार्यालय धनुषाले आग्रह गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..