“शहीद सत्य नारायण मेमोरियल कप“ आजबाट कपिलेश्वरमा सुरु

2 वर्ष पहिले प्रकाशित

जनकपुर धाम

माघ ८ मंगल बार

शहीद सत्य नारायण शाह स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित “शहीद सत्य नारायण मेमोरियल कप“ प्रथम आमन्त्रित क्रिकेट प्रतियोगिताको खेल आज मंगलबार बाट जनकपुरधामको वडा नं.१६ कपिलेश्वरमा बिधिबत रुपले शुभारम्भ भएको छ ।

खेल कपिलेश्वरको प्रहरी चौकी नजिक रहेको खेल मैदानमा पूर्व उप–प्रधानमन्त्री तथा गृह मन्त्री एवमं नेपाली काँग्रेसका पूर्व केन्द्रिय उप–सभापति माननीय बिमलेन्द्र निधिकोे प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

स्वागत मन्तब्य राख्ने क्रममा स्थानी वडाध्यक्ष रामचन्द्र पंजियारले खेल बाट याहाँका खेलाडीहरुले राम्रो प्रदर्शन गर्दैै गईरहेको बताए । खेलबाट यहाँका नव यूवाहरुले कुलतमा लाग्नुका सट्टा खेलमा लागे भविष्य सुनौलो हुने बिचार राखे । 

त्यस्तै राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रिय सदस्य संजय चौधरीले पंचायत कालमा बेपता बाईएको स्थानीय सत्य नारायण साह,लक्ष्मी नारायण झालागायतका योद्धाहरुको अवस्था बारे कसैलाई थाहा नहुनु दुःखद रहेको बताएका थिए । बिभिन्न काल खण्डमा बिभिन्न पार्टीका सरकार बने पनि साहको अवस्था अज्ञात हुनु चिन्तको बिषय रहेका बताए ।

त्यस्तै, माननीय बिमलेन्द्र निधिले खेल बाट अहिलेका यूवाहरुले ख्याती कमाएको बताउनुभयो । खेलबाट शारीरिक मानसिक र आर्थिक लाभ लिन सक्ने भएकाले आफूले खेलाडी हरुको भविष्य उज्वल देखिरहेको बताए । 

खेलको उद्घाटन समारोहमा जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज साह, उप मेयर किशोरी साह, वडा नं. १६ का वडा अध्यक्ष राम चन्द्र पंजियार, जेसी मनोज कुमार साह,बस ब्यवसायीका अध्यक्ष मनोज चौधरी उद्योग बाणिज्य संधका पदाधिकारी, संचारकर्मी लगायत स्थानीय बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता शत्रधन श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..