प्रवासी नेपाली मञ्च युएईमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

माग ६ आईतवार 

युएई । प्रवासी नेपाली मञ्च युएईले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी संगठनमा प्रवेश भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटीका इन्चार्ज उमाशंकर अरगरियाको उपस्थितिमा नवप्रवेशी सदस्यहरूलाई टीका लगाएर स्वागत तथा सम्मान गरिएको हो ।

 

कार्यक्रममा मिथिला समाज युएईका अध्यक्ष मनोज बिदेसियाको नेतृत्वमा सदस्यहरू देव सरण यादव, श्याम यादव, सरोज रान यादव, गणेश यादव प्रमोद यादवलगाइतले आफ्नो पुरानो पार्टी परित्याग गरी प्रवासी नेपाली मञ्च युएईमा प्रवेश गरेका छन् । प्रमुख अतिथि अरगरियाले नवप्रवेशी सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै संगठनको उद्देश्यमाथि प्रकाश पार्दै प्रवासी नेपालीहरूको हक, अधिकार, र कल्याणका लागि काम गर्न आग्रह गर्नुभयो ।

 

यस अवसरमा, नवप्रवेशी सदस्यहरूले प्रवासी नेपालीहरूको हितका लागि मञ्चले गरेका प्रयासप्रति आभार व्यक्त गर्दै संगठनको सिद्धान्त र उद्देश्यप्रति विश्वास व्यक्त गरेका छन् ।

 

कार्यक्रममा संगठनका अन्य पदाधिकारीहरू, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यो प्रवेश कार्यक्रमले प्रवासी नेपाली मञ्च युएईको संगठनात्मक सशक्तीकरणमा थप योगदान गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..