देशलाई आर्थिक संकट बाट जोगाउन संबिधनमा संघीय हिन्दू गणतंत्र आवश्यक :यादव

2 वर्ष पहिले प्रकाशित

माघ ५ सनिवार 

पर्सा जिल्लाको जीरा भवानी गाउँपालिकामा संघीय हिन्दू गणतंत्र स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानद्वारा विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम समाजसेवी बिकाऊ प्रसाद भण्डारी (थारू)को अध्यक्षतामा सम्पन्न भएको थियो।

 

छलफल कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले संघीय हिन्दू गणतंत्रको आवश्यकता र यसका महत्वबारे चर्चा गर्दै सामाजिक एकता र धर्मनिरपेक्षताबाट पर्न आएको चुनौती र बीकृति बारे आफ्ना विचार व्यक्त गरे।हाल देशमा आर्थिक संकट रहेको र अब विश्वभरीमा बसेका दुई सय करोड़ हिन्दूहरुको आस्थाको देशको रूपमा संबिधानमा संघिय हिन्दू गणतंत्र घोषणा गरि धार्मिक पर्यटन भित्रिये मात्र आर्थिक संकट बाट देश बचन् सकने बताएका छन।

 

यस कार्यक्रममा राजेश यादव, देव यादव, नरेश राउत थारू, जयनारायण दास थारू, शिव शंकर दास थारू लगायतले पनि आ-आफ्नो मन्तव्य राखेका थिए। वक्ताहरूले धार्मिक, सांस्कृतिक र सामाजिक समरसता कायम राख्दै राष्ट्रको विकासमा योगदान दिन राष्ट्रिय एकता अभियानको भूमिका महत्वपूर्ण रहेको बताए।

 

कार्यक्रमले उपस्थित स्थानीयवासीलाई संघीय गणतंत्रको महत्वबारे जानकारी दिनुका साथै अभियानलाई थप सशक्त बनाउने रणनीतिहरूमा छलफल गरेको थियो।

 

कार्यक्रमको समापनमा अध्यक्ष बिकाऊ प्रसाद भण्डारीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै अभियानका लक्ष्य पूरा गर्न निरन्तर प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..