धनुषामा मनाए "मधेश प्रदेश"नामाकरण दिवस

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, माघ ३ गते

 समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा र समाजवादी युवा संघ धनुषाले जनकपुरधामको जनक चौकमा प्रदेशको नाम 'मधेश प्रदेश' नामाकरण दिवस मनाएका छन्।माघ ३ गते प्रदेश २ बाट मधेश प्रदेश नामाकरण भएको थियो।

 

जसपा, नेपाल का केन्द्रीय सदस्य समाजवादी नेता प्रदेश सांसद राम अशिष यादव, केन्द्रीय सदस्य लालकिसोर साह, प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव, प्रदेश सदस्य रामो महरा, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष रामशंकर पासमान, लगायत नेताहरुको सहभागितामा उक्त दिवस मनाइएको हो।

 

कार्यक्रममा युवा र विद्यार्थीहरुले मधेश प्रदेशको नाम 'मधेश प्रदेश 'राख्नुको महत्व र यसको इतिहासबारे प्रकाश पार्दै मधेशी सहिदको बलिदानी, त्याग तपस्या, समर्पण बाट मधेश प्रदेश नामाकरण कायम गर्न सकेको भन्दै सहिदको बलिदानी लाई सम्मान गर्नुपर्ने वक्ताहरुले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..