आज माघे संक्रान्ति र माघी पर्व मनाइदै

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम, माघ १ गते 

 

प्रत्येक वर्ष सौर मास अनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । 

 

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी,कमला नदि , रिडी लगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ ।

 

माघे सङ्क्रान्तिका दिन घ्यू , चाकु , तिलका परिकार , तरुल , पालुङगाे , खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानाे प्रदान गर्ने भएकाले चिसाे समयमा पर्ने पर्वमा ताताे परिकार खाने गरिएको हाे । जाडो माैसममा शरीर न्यानाे पार्ने परिकार खानुलाई वैज्ञानिक पक्षसँग पनि जाेडेर हेर्ने गरिन्छ । आजका दिन शरीरमा तिलकाे तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी , स्नायु मण्डल र हड्डीलाई तिलकाे तेलले मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुवैदकाे शास्त्रीय मान्यता छ । 

 

 यी ठाउँमा आज मंगलबार विशेष मेलासमेत लाग्ने गर्छ । मिथिलाञ्चलवासी माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने पर्ने मिथिलावासी आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

 

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद्हरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..