जनकपुरधाम सहित तराईका जिल्लाहरु शीतलहरले प्रभावित

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम , पुस २४ बुधबार 

 

जनकपुरधाम सहित तराईका जिल्लाहरु चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लाे हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । 

 

शीतलहरले चिसो बढेपछि जनकपुरधाममा चहलपहल घटेको छ । कुहिराे सँगै चल्ने चिसो हावाले घरबाहिर निस्कन समेत समस्या हुने गरेको स्थानीय वासीहरुले बताएका छन् । 

 

अत्यधिक चिसोका कारण जनकपुरधामकाे प्रदेशीक अस्पतालमा पनि बिरामीहरु चिसोबाट प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ ।

 

खासगरी अस्पतालमा बालबालिका , वृद्धवद्धामा लाग्ने निमाेनिया , खाेकी , घाँटी दुख्नेजस्ता राेगका बिरामी अस्पतालमा देखापर्न थालेकाे बताइएको छ । यस्तै , बालबालिकामा काेलडेरिया, निमाेनिया , ज्वरो , घाँटी दुख्ने , घाँटीमा टन्सिल देखापर्नेजस्ता बिरामी अहिले अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । 

 

चिसोले तराईका ग्रामीण भेगहरुमा पनि बालबालिका देखि लिएर वृद्धवद्धा सम्म प्रभावित भएका छन् । आज बिहानै देखि जनकपुरधाम उप महानगरपालिकाको पहलमा चाैक चौकमा दाउरा वितरण गरेका छन। 

 

चिसाेकै कारण सवारीसाधनमा यात्रुको चाप घटेकाे छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय गाडीकाे समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताउँछन् । एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लाहरुमा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीकाे र विद्यालयहरुमा विद्यार्थीहरु काे उपस्थितिसमेत न्यून देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..