जनकपुरधाम सहित तराईका जिल्लाहरु शीतलहरले प्रभावित

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम , पुस २४ बुधबार 

 

जनकपुरधाम सहित तराईका जिल्लाहरु चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लाे हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । 

 

शीतलहरले चिसो बढेपछि जनकपुरधाममा चहलपहल घटेको छ । कुहिराे सँगै चल्ने चिसो हावाले घरबाहिर निस्कन समेत समस्या हुने गरेको स्थानीय वासीहरुले बताएका छन् । 

 

अत्यधिक चिसोका कारण जनकपुरधामकाे प्रदेशीक अस्पतालमा पनि बिरामीहरु चिसोबाट प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ ।

 

खासगरी अस्पतालमा बालबालिका , वृद्धवद्धामा लाग्ने निमाेनिया , खाेकी , घाँटी दुख्नेजस्ता राेगका बिरामी अस्पतालमा देखापर्न थालेकाे बताइएको छ । यस्तै , बालबालिकामा काेलडेरिया, निमाेनिया , ज्वरो , घाँटी दुख्ने , घाँटीमा टन्सिल देखापर्नेजस्ता बिरामी अहिले अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । 

 

चिसोले तराईका ग्रामीण भेगहरुमा पनि बालबालिका देखि लिएर वृद्धवद्धा सम्म प्रभावित भएका छन् । आज बिहानै देखि जनकपुरधाम उप महानगरपालिकाको पहलमा चाैक चौकमा दाउरा वितरण गरेका छन। 

 

चिसाेकै कारण सवारीसाधनमा यात्रुको चाप घटेकाे छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय गाडीकाे समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताउँछन् । एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लाहरुमा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीकाे र विद्यालयहरुमा विद्यार्थीहरु काे उपस्थितिसमेत न्यून देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..