आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक छ : मुख्यमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

महोत्तरी ,पुस १९ शुक्रबार

मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताएका छन् ।

 

शुक्रबार बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्मित छात्रावास भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन आधारभूत तहकै शिक्षामा योजनाबद्ध काम थाल्नु पर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।राज्यले उपल्लो तहको शिक्षामा बढी लगानी गरे पनि आधारभूत र माध्यमिक तहमा राम्रो हुन नसक्दा अपेक्षित उपलब्धि हासिल नभएको उनले उल्लेख गरे ।

 

छाया नेपाल नामक संस्थाले दृष्टिविहीन छात्रछात्राका लागि आठ कोठाको दुई तले भवन रु. ९९ लाख ३७ हजार लागतमा निर्माण गरी आज विद्यालयलाई हस्तान्तरण गरेको हो । यस विद्यालयको दृष्टिविहीन छात्र बासमा हाल १९ जना छात्रछात्रा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..