राष्ट्रीय एकता अभियान नेपालको उपाध्यक्षमा माननीय चौधरी चयन

2 वर्ष पहिले प्रकाशित

काठमाण्डौ, नेपाल – राष्ट्रिय एकता अभियान नेपालले आफ्नो संगठनलाई थप मजबुत बनाउन संविधान सभा सदस्य माननीय भूपेन्द्र चौधरीलाई उपाध्यक्षको रुपमा चयन गरेको छ। अभियानको केन्द्रीय बैठकमा सर्वसम्मत निर्णय गर्दै चौधरीलाई यो जिम्मेवारी सुम्पिएको हो।

 

मा.भूपेन्द्र चौधरीले संविधान सभामा आफ्नो प्रभावशाली भूमिका निर्वाह गर्दै राष्ट्रिय एकता र समावेशीताको पक्षमा काम गरेका छन्। उनी लामो समयदेखि सामाजिक न्याय,संघीयता,समानता र मानव अधिकारका मुद्दामा सक्रिय रहँदै आएका छन्।

 

कार्यक्रममा अभियानका अध्यक्ष विनय यादवले चौधरीको नेतृत्वदायी क्षमताको प्रशंसा गर्दै भने, "भूपेन्द्र चौधरी जस्ता अनुभवी र समर्पित व्यक्तित्वको सहभागिताले हाम्रो अभियानलाई थप उचाइमा पुर्‍याउने विश्वास छ।"

 

कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरू, पनि सहभागी थिए। उनीहरूले चौधरीलाई बधाई दिंदै अभियानका उद्देश्यलाई साकार पार्न योगदान गर्न आग्रह गरे।

 

राष्ट्रिय एकता अभियान नेपालले मुलुकको विविधता र एकताको संरक्षण गर्दै सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। भूपेन्द्र चौधरीको उपाध्यक्ष पदमा चयनले अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..