प्रदेश सरकारले छ सयभन्दा बढी सीमान्तकृत छात्रालाई छात्रवृत्ति दिँदै

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, १६ पुस 

सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्चशिक्षामा पहुँच बढाउन मधेश प्रदेश सरकारले मधेश प्रदेशका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रक्रिया अघि बढाएको छ । दलित, विपन्न, मुस्लिम तथा जेहेन्दार गरी चार समूहमा विभक्त सो छात्रवृत्तिका लागि लाभग्राहीको छनोट अन्तिम चरणमा पुगेको मधेश प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक ठूलोबाबु दाहालले बताए ।

उनका अनुसार छात्रवृत्तिका लागि छनोटमा परेका निर्धारित समूहका छात्रालाई सामान्य धारतर्फ २५ हजार र प्राविधिक धारतर्फ ३५ हजार रुपैयाँ वार्षिक छात्रवृत्ति रकम दिइनेछ । पर्याप्त सँख्यामा आवेदन परेकाले निर्धारित चार समूह र जिल्लागत ढंगले बराबरी हुनेगरी छात्रवृत्तिका लागि उम्मेदवार छनोट हुने निमित्त निर्देशक दाहालको भनाइ छ ।

प्रदेश सरकारले सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा एक करोड पचास लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कमजोर तथा जेहेन्दार छात्रालाई उच्चशिक्षा हासिल गर्न सुविधा हुने र आत्मबल वृद्धि गर्ने उद्देश्यले कार्यक्रम छात्रा छात्रवृत्ति ल्याइएको बताए । उनले आर्थिक कारणले नै छात्राको पढाइ अवरुद्ध हुने गरेको अनुभवका आधारमा छात्रवृत्ति दिएर छोरीशिक्षा लाई प्रदेशमा प्रवद्र्धन गर्न थालिएको पनि उल्लेख गरे ।        

मधेश प्रदेशमा जन्मिएर देशका कुनै पनि सामुदायिक सार्वजनिक शिक्षण संस्थामा अध्ययनरत निर्धारित समूहका छात्रालाई दरखास्त दिन गत मंसिरमा आह्वान गरिएको थियो । जनकपुरधाम स्थित प्रदेश शिक्षा निर्देशनालय र प्रदेशका आठवटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा दरखास्त दिने व्यवस्था गरिएको थियो । 

प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक दाहालले निर्देशनालयमा एक हजार ७१ वटा दरखास्त परेको र विभिन्न जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइहरू बाट दरखास्त संकलन भइरहेको जानकारी दिए ।

  छनोटमा परेका छात्रालाई सीधा खातामा जानेगरी छात्रवृत्ति रकम पठाइने निर्देशनालयका अधिकृत धनेश्वर यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..