जीत नारायणको अध्यक्षतामा सुड़ी समाज कल्याणको नयाँ कार्यसमिति गठन

2 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता 

जनकपुरधाम, पुस १५ सोमबार

सुड़ी समाज कल्याण समिति जनकपुरधामको नयाँ कार्यसमिति जीत नारायण भगतको अध्यक्षतामा सर्वसम्मत गठन गरिएको छ ।

 

आज सोमबार साँझ सिटी होटल रामानन्द चोक जनकपुरधाममा सम्पन्न समितिको पाँचौ साधारण सभा बाट जीत नारायण भगतको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

 

समितिको उपाध्यक्षमा राम उदार महासेठ, महासचिवमा मनोज कुमार महतो, सचिवमा प्रवीण कुमार महतो र कोषाध्यक्षमा फूल कुमारी साहलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएका हुन्। सुड़ी समाज कल्याणको नव अध्यक्ष जीतको नारायण भगतले हाम्रो समाजले सामाजिक सकारात्मक परिवर्तन र आपसी भाइचारा बढाउन हामीले मिलेर सामूहिक भावनाको साथमा अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए 

 

 

नवनिर्वाचित समितिको सदस्यहरुमा रागिनी साह, सियारानी महतो, सत्यनारायण महतो, गौरी शंकर साह, संजीव कुमार महतो र रीता देवी साह चयन भएका छन् ।

त्यस्तै, सल्लाहकार समितिमा कैलाश नायक, रघुनाथ महतो, विष्णु देव साह, जनक नन्दनी शरण, सोनेलाल साह, वेचन प्रसाद साह, बीना महतो, कञ्चन कुमारी साह, परमेश्वर साह, अरुणा पंजियार र उषा साहलाई मनोनयन गरिएको निर्वाचन समितिले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..