जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम

2 वर्ष पहिले प्रकाशित

आइतबार, ०७ पुष २०८१ गते 

जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न

 

संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि राष्ट्रिय एकता अभियान, जनकपुर धाम द्वारा हिजो जनकपुरस्थित जानकी चोकमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नेपालको एक युनिक पहिचान बहुसंख्यक करोडौँ हिन्दुहरुको आस्थाका केंद्रको रूपमा रहेका नेपाल लाई संघीय हिन्दू गणतन्त्र हुनुपर्ने मागलाई उठाउँदै विभिन्न वक्ताहरूले आफ्ना धारणा व्यक्त गरेका छन।

 

धर्ना कार्यक्रममा मनीष पुर्बे, उर्मिला देवी महतो, पंकज झा, दिपेन्द्र झा, प्रवीण राय, इन्दल पासवान, राम प्रमोद महतो, र सम्भु साहलगायतको उपस्थिति रहेको थियो।

 

आयोजकले संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि जनस्तरमा जागरण अभियानलाई तीव्र बनाउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। जानकीचोकमा भएको यस कार्यक्रममा स्थानीयबासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

 

अभियानले आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा जनचेतना फैलाउने योजना रहेको र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिने कुरा आयोजक पक्षले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..