समयमै लिलामी प्रक्रिया नहुदा लाख मूल्य बराबरको सालका काठ सड्दै

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस ३ गते 

 

धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको काठ समयमै लिलामी प्रक्रियामा जान नसक्दा बहुमूल्य काठ सड्ने थालेका छन् । त्यस्तै चोरी कटान भएर नियन्त्रणमा लिइएका काठ न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा सड्ने र धोद्रिने क्रम बढेको हो। 

 

समयमै लिलामी प्रक्रिया नहुदा लाख मूल्य बराबरको सालको काठ सड्न थालिएका छन् । 

 

डिभिजन वन कार्यालय धनुषामा रहेका काठलाई हामीले छिटै लिलामी प्रक्रियामा लैजाने बताए डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले राष्टिय आवाज सँग कुरा गर्दै जानकारी गराएका छन् । 

 

काठको लिलामी प्रक्रियाको लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको र केही समयमा नै लिलाम बिक्री हुने डिभिजन वन कार्यालयले जनाएको छ ।लिलामी प्रक्रियामा ढीलाई भएकोले काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ । नयाँ प्रक्रियाले डिभिजनल वन कार्यालयले काठ बिक्री गर्ने तयारी गरिरहेको बताए । 

 

चोरी कटान भएका काठ नियन्त्रणमा लिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ। नियन्त्रणमा लिइएका दुई लाख बिगो भित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास र त्यसभन्दा माथिको जिल्ला अदालतमा हुने कानुनी व्यवस्था छ। यी मुद्दा किनारामा ढिलाइ हुँदा लाखौं मूल्य बराबरको काठ सड्न थालिएका छन् । 

 

नियन्त्रणमा लिइ कारबाहीका क्रममा रहेका काठ डिभिजन वन कार्यालय धनुषामा थनकाएका छन् । 

मुद्दा किनारा नलागी यी काठ बिक्री लिलाम गर्न नपाइने व्यवस्था रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..